कुशल मल्ल बने ‘प्लेयर अफ द म्याच’

काठमाडौँ । कुशल मल्ल मलेसियाविरुद्ध प्लेयर अफ द म्याचको अवार्ड जितेका छन् । ३४ बलमा ६५ रन बनाएका कुशल मल्ल यस खेलको उत्कृष्ट खेलाडी बनेका हुन् । उनले ५० हजार नगद पुरस्कार पाएका छन् ।

त्यस्तै यस खेलको उत्कृष्ट क्याचको अवार्ड कुशल भुर्तेलले जितेका छन् भने खेलको उत्कृष्ट बलको अवार्ड भने अविनाश बोहोरोले जितेका छन् । त्यस्तै कुशल बल्लले लामो छक्का र बेस्ट शटको अवार्ड जितेका छन् ।

यो खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले टी-२० विश्वकप छनौटको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

नेपालले अब अर्को खेल विहिबार ओमानसँग खेल्ने तालिका रहेको छ । ओमान पनि समुह ए बाट सेमिफाइनलमा पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *