बेनेलीको मोटरसाइकल किन्दा थाइल्याण्ड निःशुल्क


काठमाडौं । बेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक केटिएम इन्टरनेशनल ट्रेडिङले इटालीमा बनेको मोटरसाइकल चाडपर्वलाई लक्षित गर्दै ‘पहिला कहिल्यै नभएको अहिले’ शीर्षक अन्तर्गत दशैँ तथा तिहारकालागि यो योजना ल्याएको छ । उक्त अफर बेनेलीका सबै मोडलका मोटरसाइकलका लागि मान्य हुनेछ । यसमा ग्राहकहरूले प्रत्येक खरिदमा थाइल्याण्डको निःशुल्क यात्रा वा सो बराबरको नगद छुट, बेनेलीको ब्रान्डेड हेल्मेट र अन्य धेरै उपहार प्राप्त गर्न सक्नेछन् । यो अफर विभिन्न मोडलहरूमा विविधिकरण गरिएको छ जसमा बेलेनी पेनेरिया स्कुटर, टिएनटी–१५, टिएनटी–१५०आइ र ३०२एस मोडलमा ग्राहकहरुले १ लाख रुपैयाँसम्मको स्क्याच कुपन र १८०एस तथा टिआरके बेनेली मोटरसाइकलमा थाइल्याण्ड भ्रमण वा सो बराबरको नगद छुट पाउने कम्पनीले जनाएको छ ।
नेपालमा बेनेली मोटरसाइकल हाल निम्न मोडलहरु उपलब्ध छन्ः
टिएनटि–१५ बेनेलीको सबैभन्दा किफायती र भरपर्दो मोटरसाइकल हो । टिएनटि–१५आई —जसमा ट्रेलिस फ्रेम, अपसाइड डाउन फोर्क्स र इएफआई (इलेक्ट्रोनिक फ्युल इन्जेक्शन) सुविधा प्राप्त छ । १८०एस मोडल – जुन विशेष डिजाइन र उत्तिकै आरामदायी छ । टिआरके–२५१ – यो मोटरसाइकल साहसिक र एडभेन्चर कार्यको लागि राइडरको चाहना अनुसारले डिजाइन गरिएको छ । ३०२एस – जसमा समान दुइवटा इन्जिनले युक्त छ । टिएनटी–६००आइ – जसले इनलाइन सुविधा सहित चार सिलिन्डरको इन्जिनले युक्त छ । साथै ७५२एस मोडल – जसले नेपालका सडकहरूमा कुदाउन सक्ने भन्दा बढी शक्ति र थप उर्जा समेत प्रदान गर्दछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *