सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि तिर्यो प्रिमियम रकम बापतको कर

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले कम्पनीले सेयर प्रिमियमको रकमलाई निकायको आयमा समावेश गरी कर वापत १६ करोड १४ लाख ३६ हजार ६ सय ६६ रुपैयाँ ठूला करदाता कार्यालयमा दाखिला गरेको हो । सरकारको निर्णयलाई सर्वोच्च अदालतले सफाई दिएपछि कम्पनीले फर्दर पब्लिक अफरिङ ९एफपीओ० मार्फत जारी गरेको सेयरबाट प्राप्त प्रिमियमको रकम र हकप्रद सेयर लिलामबाट प्राप्त भएको प्रिमियम रकमलाई आयकार मानि उक्त रकम कर बापत दाखिला गरेको हो ।

सरकारले आर्थिक ऐन, २०५० को दफा २६ मा एफपीओबाट प्रिमियम मूल्यमा सेयर जारी गरी प्राप्त भएको रकमबाट हिताधिकारीमा बोनस सेयर वितरण गर्दा आयमा समावेश गरी कर लाग्ने व्यवस्था गरेको छ । र, सो कर २०८० मंसिर मसान्तसम्म भुक्तानी गरेमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने शुल्क तथा ब्याज छुट सुविधा हुने व्यवस्था भएको र सर्वोच्च अदालतको सो सम्बन्धी बैंक तथा बीमा कम्पनीको रिट खारेजीको निर्णयका आधारमा कम्पनीले उक्त रकम बराबरको कर तिरेको हो

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *