एभरेष्ट बैंकको विराटनगरमा पैसा चोर्न एटीएम तोडफोड

काठमाण्डौं । विराटनगरमा पैसा चोरी गर्न एभरेष्ट बैंकको एटीएम मेसिनमाथि तोडफोड भएको छ । बैंकको विराटनगर शाखा कार्यालयअगाडि राखेको एटीएम मेसिन एक व्यक्तिले फुटाएका हुन् । एटीएम मेसिन फुटाएर पैसा चोरीको प्रयास गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मेसिनको कभर फुटाउने व्यक्तिको खोजी भइरहेको छ ।

मध्यरातमा लाठीको साहारामा एटीएम मेसिन फुटाउने प्रयास भएको हो । कात्तिक ३० गते पनि विराटनगरको महेन्द्र चोकमा रहेको नबिल बैंकको एटीएम तोडेर पैसा चोर्ने प्रयास भएको थियो । प्रहरीले मेसिन फुटाउँदै गर्दा विराटनगर ११ का मुकेशकुमार कामतलाई पक्राउ गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *