कांग्रेसले राष्ट्रियसभाको निर्वाचनमा नयाँलाई अवसर दिने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको निर्वाचनमा यसपटक नयाँलाई अवसर दिने निर्णय गरेको छ ।

केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जातीय क्षेत्रीय र सन्तुलनलाई समेत ध्यान दिएर पार्टीमा योगदान पुर्याएका नयाँ व्यक्तिलाई अवसर दिने बताए । ‘पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान गर्न सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध र स्वच्छ छवि भएका हालसम्म कुनै अवसर नपाएका र विभिन्न कारणबाट अवसरबाट बञ्चित भएका योग्य तथा व्यक्ति अवसर दिन्छ,’ उनले भने ।

यहि माघ ११ मा राष्ट्रियसभा निर्वाचन हुँदैछ । सोहि अनुसार बिभिन्न राजनितिक दलहरु यतिबेला आफ्नो पार्टि बाट कसलाई अवसर दिने वा कसलाई सांसद बनाउने भन्ने बारेमा छलफलहरु भईरहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *