बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले बालकुमारीमा दुई युवाको मृत्यु भएको विषयमा छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति बनाउन माग गरेको छ ।

शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले सत्यतथ्य छानबिनको लागि समिति बनाउन सरकारसँग माग गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए । बैठकको निर्णय सार्वजनिक गर्दै उनले भने, उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेर घटनाको सत्यतथ्य पत्ता लगाउन दोषीलाई कानूनी कारबाही गर्न माग गर्दछ ।’ साथै कांग्रेसले मृतकका परिवारका एकजनालाई रोजगारी र उचित क्षतिपूर्ति दिनसमेत माग गरेको छ ।

बालकुमारी घटनाको छानबिनका लागि गृहमन्त्रालयले समिति बनाएको थियो । उक्त प्रदर्शनमा प्रहरीको गोली लागेर दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहले ज्यान गुमाएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *