भारतीय दूतावासले २० करोड आफूखुसी खर्च गर्न पाउँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने बताएका छन् ।

शुक्रबार बिहान राज्यव्यवस्था समितिको बैठकमा सांसदहरुको जिज्ञासामा जवाफ दिँदै उनले खर्च गर्ने प्रक्रियामा रहेर मात्रै रकम खर्च गर्न पाउने भएका हुन् । भारतले जहाँ पायो त्यहीँ लगानी गर्ने या जसरी मन लाग्यो त्यसरी गर्ने भन्ने छैन । तर, त्यस्को प्रक्रिया छ । नगरपालिकाभित्र कुन प्रक्रियाबाट गर्न सक्ने, गाउँपालिकाबाट भित्र या अन्य, त्यो प्रक्रियाबाट गएरमात्रै हुन्छ,’ उनले भने ।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा बिहीबार भारतीय दूतावासले नेपालमा २० करोडका योजनामा खर्च गर्न पाउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *