नेता आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा

काठमाडौँ । पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा परेको छ ।

फाँट नम्बर ५ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि उक्त मुद्दा स्थगितको सूचीमा परेको हो । रौतहट जिल्ला अदालतमा पुष २९ गते आइतबार अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भएपनि गोला नतानिएपछि स्थगितमा परेको हो । ७ न्यायाधीशको दरवन्दी रहेको रौतहट जिल्ला अदालतमा आइतबार दुई न्यायाधीश मात्रै उपस्थित भएका थिए ।

न्यायाधीश अभावमा उक्त मुद्दाको पेसी स्थगितमा परेको हो । आलमविरुद्ध विस २०७६ कात्तिक १८ गते मुद्धा दर्ता भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *