व्यापारीले गरे काठमाडौँ महानगरपालिका घेराउ

काठमाडौं । काठमाडौँ महानगरपालिकाले पार्किङ निषेध गरेको विरोधमा व्यापारीहरूले बुधवार पनि विरोध प्रदर्शन गरेका छन् ।

फुटपाथमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका व्यापारीहरूले काठमाडौँ महानगरको कार्यालय घेराउ गरेका छन् । रत्नपार्कमा भेला भएर फुटपाथ व्यापारीहरू र्‍यालीसहित कमलादीस्थित महानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका हुन् ।

काठमाडौँ महानगरपालिकाले माघ ९ गते देखि लागू हुने गरी नयाँ सडकका क्षेत्रहरूमा पार्किङ हटाउने निर्णय गरेको थियो । सो निर्णयले उक्त क्षेत्रमा रहेका विभिन्न वर्गका लाखौँ व्यवसायी, स्थानीय तथा सेवाग्राहीहरू अन्यायमा परेको उनीहरूले दाबी गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *