राजस्व छली गरेको आरोपमा चारजना सुनचाँदी व्यवसायी पक्राउ

काठमाडौं । राजस्व छली गरेको आरोपमा जनकपुरधामको चारजना सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बलराम ज्वेर्लसका सञ्चालक बलराम साह, अरूण ज्वेलर्सका सञ्चालक अरूण साह र मिर्चैयाका व्यवसायीहरू गरी चारजनालाई पक्राउ गरेको । चारैजनालाई राजस्व छली गरेको आरोपमा पक्राउ गरेको र उनीहरूलाई अनुसन्धानका लागि पथलैया पठाइएको प्रहरीले जनाएको छ ।

यता सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेपछि अरू व्यवसायीहरू पसल बन्द गरेर विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । कारखानाबाट गहना बनाएर पसल लैजाँदै गर्दा प्रहरीले व्यवसायीलाई पक्राउ गरेको र बिल रसिद खोजेपछि दिन नसकेपछि पक्राउ गरेर सिधै पथलैया पुर्‍याएको भन्दै उनीहरू विरोधमा उत्रिएका छन् । सानो विषयलाई लिएर आपराधिक शैलीमा व्यवासायीलाई पक्राउ गरिएको व्यवसायीहरूको आरोप छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *