राष्ट्रियसभा अध्यक्षका लागि दाहाल र शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रियसभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षका लागि नारायण दाहाल र युवराज शर्माले आ-आफ्नो उम्मेदवारी दर्ता गरेका हुन।

संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार संसद भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका युवराज शर्मा र माओवादी केन्द्रका सांसद नारायण दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् । दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल रहेका छन् । त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ रहेका छन् । माओवादी केन्द्रका दाहाल एमालेसहितको गठबन्धनबाट उम्मेदवार बनेका छन् भने शर्मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन् ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल फागुन २० मा सकिएसँगै उक्त पदका लागि निर्वाचन हुन लागेको हो । राष्ट्रियसभा अध्यक्षको मतदान मंगलबार हुँदैछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *