आजदेखि कान्ति लोकपथ डेढ महिना बन्द

काठमाडौं । काठमाडौंबाट हेटौँडा जोड्ने कान्ति लोकपथमा यातायात सञ्चालन रोक लगाइएको छ ।

सडक मर्मतसम्भार गर्न भन्दै सडक विभागले आजदेखि काठमाडौँ कान्ति लोकपथमा सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । उक्त सडक निर्माणका क्रममा चैत १ गतेदेखि वैशाख १५ गतेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिप्रका मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले कान्ति लोकपथ हुँदै चल्ने सवारीसाधनलाई काठमाडौँको थानकोट–मकवानपुरको चित्लाङ हुँदै हेटौँडातर्फ आवतजावत गर्न अनुमति प्रदान गरिएको बताए । उक्त सडकमा हल्का सवारीसाधन दैनिक दुई हजारभन्दा बढी आवतजावत गर्ने गरेको भीमफेदी इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *