सन्दीपविरुद्ध सरकारी पक्ष पुग्यो उच्च अदालत

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालतको फैसला बदर हुनुपर्ने माग गर्दै सरकारी पक्ष पनि अदालत पुगेको छ ।

सन्दीपलाई दोषी ठहर गरे पनि सरकारी पक्षले पीडित भनिएकी ‘गौशाला २६’ नाबालिक रहेको भन्दै पुनरावेदन लिएर उच्च अदालत पाटनमा निवेदन दर्ता गरेको हो । उच्च सरकारी वकिल कार्यालयका प्रमुख शंकर खत्रीले जिल्ला अदालतको फैसला बदर हुनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गरिएको बताए ।

उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले दुवै पक्षको निवेदन दर्ता भएको र अब पेसी तोकेर सुनुवाइ अघि बढ्ने बताए । सन्दीपलाई जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर गरेपनि नाबालिक भने नरहेको ठहर गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *