सुन तस्करी प्रकरणमा पक्राउ महरा हाजिर जमानीमा छुटे

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिर जमानीमा छुटेका छन्।

बयान लिने काम सकिएको र स्वास्थ्य अवस्था बिग्रिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले उनलाई सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा छाडेको हो। उनलाई परिवारको जिम्मा लगाएर पठाइएको सिआइबी स्रोतले बतायो । चैत ५ गते पक्राउ परेका महारमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले ४ दिनको म्याद दिएको थियो ।

विभिन्न औषधि सेवन गरिरहेका महरा विरामी रहेको भन्दै अदालतले अस्पतालमै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । त्यसपछि उनी थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए । सिआइबीले बुधबार र बिहीबार बयानका लागि महरालाई अस्पतालबाट डिस्चार्ज गरी लैजाने र बयान सकेर पुनः भर्ना गराउने गरेको थियो ।

उनका छोरा राहुल महरा यही मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । गत साउन २ गते ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको नौ किलो सुन तस्करीमा सङ्लग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएकाले अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *