कांग्रेसको राष्ट्रियसभा प्रमुख सचेतकमा रोकाय

काठमाडौँ। नेपाली कांग्रेसले राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायलाई मनोनयन गरेको छ ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभाको प्रमुख सचेतकमा रोकायलाई मनोनयन गरेका नेपाली कांग्रेस संसदीय दलले जनाएको छ ।

रोकाय कर्णाली प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका हुन् । माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा रोकाय कर्णाली प्रदेशबाट निर्वाचित भएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *