श्रीलंकाको बेरोजगारी दरमा कमी

कोलम्बो । श्रीलंकाको आधिकारिक बेरोजगारी दर सन् २०२३ को अन्तिम त्रैमासिकमा ४.३ प्रतिशतमा झरेको श्रीलंकाको तथ्यांक विभागले जानकारी गराएको छ । अघिल्लो त्रैमासिकमा उक्त दर ४.७ प्रतिशत रहेको थियो ।

विभागले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तेस्रो त्रैमासिकमा १.६ प्रतिशत र २०२३ को चौथो त्रैमासिकमा ४.५ प्रतिशतले विस्तार भएको उल्लेख गरेको छ । अर्थतन्त्रको सबैभन्दा खराब संकटलाई व्यवस्थापन गरिएसँगै अहिले श्रम बजारमा मानिसले अवसर खोज्न थालेको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

संकटको प्रभावका कारण हालसम्म धेरै कम्पनीहरूले आफ्ना पुराना कामदारलाई सेवा निवृत्त गर्नुका साथै नयाँ रोजगारीका अवसरलाई रोकेका थिए । अहिले देशको अर्थतन्त्रले सुधारको संकेत देखाउँदै पुन: लयमा फर्किन थालेको छ । विगत दुई वर्षमा श्रीलंकामा सामूहिक बसाइँसराइ देखेको र कम्पनीहरूले रोजगारीमा पुनः नयाँ भर्ना गर्न थालेका तर नयाँ भर्नामा योग्य कामदारको कमी देखिन सक्ने विभागले जानकारी गराएको छ ।

विभागले ४.३ प्रतिशतको आधिकारिक बेरोजगारी दरले पूर्ण रोजगारीको नजिक प्रतिबिम्बित गरेको र यसले श्रम बजार अवस्थालाई कसिलो भएको पनि संकेत गरेको विभागले उल्लेख गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *