आज नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’ सँग खेल्दै

काठमाडौं । टी–२० अभ्यास खेलमा नेपाल ‘ए’ले आज आयरल्यान्ड ‘ए’ सँग खेल्ने भएको छ । खेल नेपाली समय अनुसार दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच समान तीन टी-२० र एक दिवसीय सिरिज हुनेछ । नेपालको कप्तानी विनोद भण्डारी र आयरल्यान्डको निल रकले गर्नेछन् । यसअघि आयरल्यान्ड ‘ए’ नेपालको सिनियर टोलीसँगका दुवै खेलमा पराजित भएको थियो । सिनियर टोली भने आज फ्रेन्डसिप कप खेल्न भारततर्फ जाँदैछ । बरोडा, नेपाल र गुजरातबीच त्रिकोणात्मक सिरिज हुनेछ । नेपाल‘ए’ को टी-२० टोलीमा सिनियर टोलीबाट खेलेका विनोद भण्डारी, लोकेश बम, देव खनाल, पवन सरार्फ, आरिफ शेख, बसिर अहमद लगायतका खेलाडी छन् ।

नेपालको टी-२० टोली विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *