लक्ष्मी महिला साकोसले मनायो २६ औं स्थापना दिवस

काभ्रे । पनौती नगरपालिका ५ चौकोटमा रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमको आयोजना गरी २६ औ स्थापना दिवस मनाएको छ । संस्थाकी अध्यक्ष मैया महतको अध्यक्षतामा पनौती नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा संस्थाले स्थापना दिवस मनाएको हो । कार्यक्रममा स्थापना कालका तदर्थ संञ्चालक समितिका पदाधिकारीहरुलाई सम्मान र २०७९ सालका एस।ई।ई उतिर्ण विद्यार्थीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा पनौती नगरपालिका वडा न। ५ का वडाध्यक्ष बिनोद खत्रीबामगती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा,जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्मा र जिल्ला बचत संघ काभ्रेका सह सचिब बिकास बादे लगायत विभिन्न संघ संस्थाको प्रतिनिधिहरु अतिथिको रुपमा रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एवं अतिथिहरुले २६ औ स्थापना दिवसको शुभ कामना व्यक्त गर्दै संस्था थप प्रभावकारी र सशक्त ढंगबाट समुदायको सामाजिक आर्थिक समुन्नतीको बाटोमा हिडाउन सुझाव दिएका छन् । संस्थाले महिला सदस्यहरुको आर्थिक सामाजिक तथा नेतृत्व विकासमा उल्लेखनिय भूमिका खेल्दै आएको छ । समुदाय रसदस्यलाई दिएको प्रभावकारी सेवाका कारण संस्था एक सवल संस्था बन्न सफल भएको छ । संस्थाले यस आर्थिक बर्षको फागुनसम्म २ करोड ९० लाख शेयर पुँजी, १ करोड ४३ लाख ८९ हजार जगेडा कोष,८१ लाख ४८ हजार विभिन्न कोषहरु र १ करोड ५० लाख ४९ हजार कूल संस्थागत पुँजी बनाउन सफल भएको छ । त्यसैगरी यस अवधिमा २० करोड ६६ लाख ९४ लाख बचत संकलन, १८ करोड ४७ लाख ऋण लगानी गरी कूल सम्पत्ति २६ करोड ९ लाख ६३ हजार पुगेको छ । संस्थामा ३ हजार १२४ जना महिला सदस्य आवद्ध रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *