सिट्रोनको नयाँ वर्षको अवसरमा एक्सचेन्ज अफर

काठमाडौं । नेपालमा सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले नेपाली नयाँ वर्षको अवसरमा अटोउत्साहीहरुका लागि अहिले चलिरहेको अफरलाई बढाएको छ । कम्पनीका अनुसार सांग्रिला मोटर्स प्राइभेटको यो अफरमा ग्राहकहरुले इण्डियामा बनेको फ्रेन्च ब्राण्ड सिट्रोन सी३ र सिट्रोन इ– सी३ को खरिदमा, नगद बोनस, निःशुल्क रोड ट्याक्स, एक वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस सहित २ लाख ५०,हजार रुपैयाँसम्मको फाइदा लिन सक्नेछन् ।

सांग्रिला मोटर्स प्राइभेट लिमिटेड यस अफरमार्फत ग्राहकहरुको सुविधालाई उत्कृष्टजनक बनाउनका लागि समर्पित रहेको छ । यस अफरको बारेमा व्यक्तिगत रुपमा सिट्रोनको शोरूममा गई थप जानकारी लिन सक्नेछन् । साथै, वैकल्पिक रूपमा कम्पनीको अफिसियल नम्बर र वेवसाइट मार्फत सीधा सम्पर्क गर्न सक्ने कम्पनीले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *