लक्ष्मी सनराइज बैंकको लैंगिक समानता र महिला सशक्तीकरण कार्यक्रम

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले समावेशीता, समानता र सशक्तिकरणको संस्कृतिलाई बढावा दिने आफ्नो प्रतिबद्वतालाई जोड दिँदै ‘स्पार्क २४ इमपावरिङ विमेन इन लिडरसिप इनस्पायर इनक्लुजन’ कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले बैंकका महिला कर्मचारीहरूको व्यवसायिक विकास तथा मानसिक एवं शारिरिक सुस्वास्थ्य सुनिश्चित गर्न बैंक प्रतिबद्ध रहेको बताए । यस पहलमा वृहत मेन्टरसिप कार्यक्रम, लक्षित नेतृत्व प्रशिक्षण, गर्भावस्थाको समयमा लचिलो कार्य व्यवस्थाहरू र महिला कर्मचारी भएका कार्यालयहरूमा स्याहार केन्द्र तथा स्तनपान कक्षहरूको व्यवस्था लगायतका योजनाहरू समावेश छन् ।

महिलाहरूलाई व्यक्तिगत र व्यवसायिक रूपमा सक्षम बनाउने वातावरण निर्माण गर्न बैंक प्रयत्नशील रहेको उल्लेख गर्दै उनले उत्पीडन र भेदभावका मामलामा शून्य सहनशीलता कायम गर्ने नीति मार्फत सबैका लागि मनोवैज्ञानिक रूपमा सुरक्षित र सम्मानजनक कार्यस्थल बनाउने प्रतिबद्धता जाहेर गरे ।
हाल बैंकको ३६ प्रतिशत जनशक्ति महिला छन् भने महानगरहरूमा सो अनुपात ४५ प्रतिशत छ । काठमाडौं उपत्यका भित्रका बैंकका करिब ४० प्रतिशत शाखामा महिला शाखा प्रबन्धकहरू छन् भने बैंकको २५ प्रतिशत विभागको नेतृत्त्व महिलाहरुले गरि रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *