जम्कट्टेललाई यथास्थितिमा एकीकृत समाजवादीले विश्वासको मत नदिने

काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) ले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेटलाई यथास्थितिमा विश्वासको मत नदिने भएको छ । आइतबार बसेको वाग्मती प्रदेशसभा एकीकृत समाजवादी संसदीय दलको बैठकले जम्कट्टेललाई यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको हो । दलका नेता कृष्ण शर्मा खनालले सबै प्रदेशमा भागबन्डा नटुंगिएको र वाग्मती प्रदेश सरकारमा पनि समान सहभागिता हुने सुनिश्चितता नभइसकेको भन्दै विश्वासको मत नदिने पक्षमा आफूहरु उभिन बाध्य भएको बताए । माओवादी केन्द्र र एमालेले जुन जुन निर्णय गर्छ, ती निर्णय हामीले मान्नु पर्छ भन्ने छैन । विश्वासको मत यो प्रदेशमा मात्रै नभई अन्यमा पनि लिनुपर्ने अवस्था छ ।

त्यसकारणले कुन प्रदेश कसको नेतृत्वमा जाने एकीन नभएसम्म हामी विश्वासको मतको पक्षमा उभिँदैनौं । मुख्यमन्त्री जम्कट्टेलले सोमबार १ बजे प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ । उनलाई बहुमतका लागि ५६ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेको २७, माओवादी केन्द्र २१, नेकपा (एस) ७, हाम्रो नेपाली पार्टीको २ मत छ । एकीकृत समाजवादीले मत नदिए जम्कट्टेललाई विश्वास मत पुग्दैन । कांग्रेस, राप्रपा, नेमकिपाले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *