१९ जना इन्स्पेक्टर डिएसपीमा बढुवा

काठमाण्डौं । नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा भएका छन्। प्रहरी प्रधान कार्यालयको बुधबार बसेका बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका १९ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस गरेको हो। डिएसपीमा बढुवा हुनेहरूमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्षमा कार्यररत निर्मल पनेरू, इलाका प्रहरी कार्यालय ठाडादह अर्घखाँचीमा कार्यरत ऋषिराम खर्तीमगर, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत दिपक मल्ल लगायत छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *