उघोग वाणिज्य महासंघद्धारा मनकामना दर्शन सम्मानित

काठमाण्डौं । नेपाल उघोग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणसभा तथा उघोग वाणिज्य दिवस २०८० को अवसरमा नेपालको पहिलो केबलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन’ आर्थिक बर्ष २०७८।२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मनकामना दर्शनकी सेल्स तथा मार्केटिङ् डाइरेक्टर यशु श्रेष्ठलाई कदर पत्रसहित सम्मान गरेका हुन् ।

कम्पनीले २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गरिरहेको छ । मनकामनाको मन्दिरलाई मात्रै नभएर चितवनको इच्छाकामना एवम् गोरखाको सहिद लखन गाउँपालिकालाई नै पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न अतुलनीय योगदान पुर्याईरहेको कम्पनीको दाबी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *