सिप्रदीद्वारा ट्राफिक प्रहरीलाई विद्युतीय गाडी व्यवस्थापनसम्बन्धी तालिम

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रा.लि.ले ट्राफिक प्रहरीलाई विद्युतीय गाडी व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट माग भए बमोजिम ट्राफिक प्रहरीलाई विद्यतीय गाडी दुर्घटनापछि गरिने व्यवस्थापन तालिम प्रदान गरेको हो । तालिममा विद्युतीय गाडीसम्बन्धी जानकारी, सुरक्षाका उपायहरू र दुर्घटना भएको अवस्थामा अपनाउनुपर्ने सावधानीहरूका बारेमा जानकारी गराइएको थियो ।

यही चैत्र ५, १३, १९ र २३ गते आयोजना भएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ६० जना ट्राफिक प्रहरीहरू सहभागी भएका थिए । तालिमपश्चात सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *