गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघले निकाल्यो मसाल जुलुस

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)लेउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । सहकारी प्रकरणको छानबिनका लागि राजीनामा दिनुपर्ने भन्दै बुधबार साँझ नेविसंघले काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि मसाल जुलुससहित प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा उनीहरूले लामिछानेको पुतला दहनसमेत गरेका थिए । उनीहरूले गृहमन्त्री राजीनामा दे, सहकारी ठगीको अनुसन्धान गर सहितका नारा लगाएका थिए । नेविसंघले लामिछानेमाथि अनुसन्धान नभएसम्म निरन्तर प्रदर्शन गर्ने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *