साउदीलाई ६ विकेटले हराउँदै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा

काठमाण्डौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको छ । आज भएको खेलमा साउदीलाई हराउँदै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपाल समूह ‘ए’बाट सबै ४ खेलमा जित निकाल्दै सेमिफाइनलमा पुगेको हो । साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्य पछ्याउने क्रममा गुलशन झाले सर्वाधिक ३२ रनमा र रोहित पौडेल १६ रनमा अविजित रहे ।

ओपनर कुशल भुर्तेल डक आउट हुँदा आसिफ शेख र कुशल मल्ल पनि २–२ रनमा आउट भए । नेपाललाई गुलशन झा र दीपेन्द्रसिंह ऐरीले ३३ रनको साझेदारी गर्दै जिततर्फ डोहोर्याएका थिए । दीपेन्द्र ९ बलमा ३ चौकासहित १७ रनमा आउट भए । टस हारेर ब्याटिङ गरेको साउदीले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको थियो । वर्षाका कारण खेल ८ ओभरमा झारिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *