शुभकामना साकोसको कुल वासलात १ अर्ब ४१ करोड माथि

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाको कुल वासलात १ अर्ब ४१ करोड ७७ लाख माथि पुगेको छ । संस्थाद्वारा जारी २०८० चैत्र मसान्तसम्मको वित्तीय विवरण अनुसार संस्थाको शेयर पुँजी १० करोड ७४ लाख ८७ हजार र जगेडा कोष १४ करोड २७ लाखमाथि रहेको छ । त्यसैगरी कुल बचत १ अर्ब ४ करोड ४५ लाख, ऋण लगानी ९९ करोड ७६ लाख ४८ हजार रहेको छ । संस्थामा ३२ करोड ४९ लाख ५८ हजार ५२३ रुपैया अर्थात ३१.११ प्रतिशत तरलता रहेको छ ।

यस अवधिमा कुल सदस्य १०,१४४ रहेको संस्थामा ६८६ जनाले ऋण सुविधा उपयोग गरेका छन् । भक्तपुरको सूर्यविनायकमा मुख्य कार्यालय रहेको र भक्तपुरकै ब्यासी र नासमनामा सेवा केन्द्र सञ्चालन गरिरहेको संस्थाले सदस्य र समुदायकेन्द्रीत भएर वित्तीय कारोबार गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *