होटल अन्नपूर्णमा गुरुङ र श्रेष्ठले आठ अर्ब लगानी गर्दै

काठमाडौं । होटल अन्नपूर्णमा भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङ र कांग्रेस नेतासमेत रहेका उद्यमी उमेश श्रेष्ठले काठमाडौंको दरबारमार्गमा रहेको होटल अन्नपूर्ण र त्यसले चर्चेको जग्गा ३५ वर्षका लागि भाडामा लिएर लगानी बढाउन लागेका हुन् । सरकारका निकायको सहयोग भएमा तीनवर्षभित्र पूर्णरुपमा सञ्चालनमा ल्याएर दुई हजारदेखि २५ सयसम्मलाई रोजगारी दिने तयारी उनीहरुको छ । नयाँ सम्झौतापछि उनीहरुले कामको शुभारम्भसमेत गरेका छन् । अहिले लगानीको वातावरण भएन भनेर मुलुकमा निराशा छाएको छ, भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले भने, यस्तो बेलामा हामी व्यवसायीले लगानी गरेर वातावरण सहज बनाउनुपर्छ ।

हाम्रो देशको समृद्धिको रेखा हामीले नै कोर्नुपर्छ ।उनले आफूहरुले उक्त होटलमा आठ अर्ब लगानीको तयारी गरेको बताए । सरकारी निकायबाट सहजीकरण भयो भने हामीले बढीमा तीनवर्षभित्रै निर्माणको काम सम्पन्न गर्नेछौँ, जहाँ साढे तीन सयदेखि चारसय सम्मको पाँच तारे होटल हुनेछ, सपिङ मल हुनेछ, त्यसमै भाटभटेनी पनि रहनेछ । अहिले मुलुकलाई कसरी राम्रो गर्न सकिन्छ भनेर नै आफूहरुले लगानी बढाएको बताउँदै उनले भने, साढे नौ लाख स्क्वायर फिट बराबरको भवन निर्माण हुनेछ । हामीले निर्माण सम्पन्न गरिसकेपछि दुई हजारदेखि २५ सय नेपालीलाई रोजगारी पनि दिनेछौँ । विगत पाँच दशकदेखि सञ्चालनमा रहेको होटल अन्नपूर्ण कोरोना महामारीपछि लामो समय बन्द रहेको थियो । त्यसयता पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । कोरोनासम्म १५३ कोठाको पाँचतारे होटल सञ्चालनमा थियो थियो । त्यसको निर्देशकमा सिर्जना राणा थिइन् । उनले श्रीमान् कपिल शमशेर राणासँग मिलेर होटल सञ्चालन गर्दै आएकी थिइन् । कोरोनापछि लामो समय होटल बन्द भएको थियो । केही समयपछि ३० वटा कोठा सञ्चालनमा राखेर क्यासिनो चलाइएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *