सोडारीको मुख्यमन्त्रीमा दाबी पेस, एमालेले दियो समर्थन

काठमाडौँ । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन । माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित सोडारीले प्रदेश प्रमुख नजिर मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

  • एमालेले दियो समर्थन

आज (बिहीबार) दिउँसो एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएको खबर आएको छ । अब एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षको समर्थनमा सोडारीले दाबी पेस गर्नेछन् । सोडारी एमालेको समर्थन नपाउँदा दाबी पेश गर्नबाट रोकिएका थिए । अब भने प्रदेश प्रमुखले दिएको समयलाई मध्यनजर गर्दै सोडारी मुख्यमन्त्रीमा दाबी पेश गर्नेछन् ।

नेकपा एमालेले सुदूरपश्चिममा दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गर्न खोजेपछि नेकपा एकीकृत समाजवादीले बिभिन्न सङ्केत देखाएका थिए । सोहि अनुसार नेता नेपालले सत्ता समिकरण छाडि वैकल्पिक गठबन्धन बनाउने जस्ता अभिव्यक्ति दिएपछि एमालेले समर्थन गर्न बाध्य भएको हो ।

नेता नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग बुधबार साँझ भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक-पटक धोका भएको भन्दै वैकल्पिक गठबन्धनमा जान आफू तयार रहेको जस्ता अभिव्यक्ति दिदैँ देउवालाई विश्वस्त पारेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *