राष्ट्रपतिसँग भेटेर विपिनको छिटो उद्धार गरिदिन परिवारको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष इजरायलमा हमासको आक्रमणापछि बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको परिवारले सकुशल उद्धारका लागि पहल गर्न आग्रह गरेका छन्।

शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतलनिवासमा जोशीका आमाबाबुसहितको टोलीले राष्ट्रपति पौडेललाई भेटेर विपिनको सकुशल उद्धार गरिदिन आग्रह गरेका हुन्। सो अवसरमा राष्ट्रपति पौडेलले यसबारेमा आफू चिन्तित रहेको र उद्धारका लागि आफ्नोतर्फबाट सकारात्मक पहल हुने विश्वास दिलाए। यसअघि आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर जोशीका परिवारले विपिनको खोजी गरिदिन आग्रह गरेका थिए।

२०८० असोज २० गते इजरायलमा हमासले गरेको आक्रमणमा परी दश नेपालीको मृत्यु भएको थियो भने जोशी सम्पर्कविहीन भएका थिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *