कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बिमा रकम भुक्तानी

काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाता खोल्नेलाई १० लाख रुपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ । खातावालको परिवारको तर्फबाट कावासोती नगरपालिका–२ निवासी खातावाल लक्ष्मी पाण्डे र उनको श्रीमान् विश्वनाथ पाण्डेलाई संयुक्तरूपमा रकम हस्तान्तरण गरिएको हो । उक्त रकम कुमारी बैंकको कावासोती शाखाबाट हस्तान्तरण गरिएको जानकारी दिइएको छ ।

नेको इन्स्योरेन्स लिमिटेडबाट बिमादावी रकम प्राप्त भई कुमारी बैंकमार्फत सो रकम भुक्तानी गरिएको बैंकले जानकारी दिएको छ ।बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगहरूका लागि बिमा सुविधा प्रदान गरिरहेको छ । कुमारी बैंकले विगत चार वर्षदेखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजनामार्फत बिमा लगायतका सुविधा प्रदान गर्दै आएको छ ।
बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *