सीजीले तीन बाइक र एउटा स्कुटरबाट थाल्यो हिरोको बिक्री

काठमाडौं । हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक वितरक एवम् व्यापारिक साझेदार सीजी मोटर्स बनेको छ । हिरो र सीजीले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै औपचारिकरूपमा आफ्नो साझेदारी घोषणा गरेका हुन् । सीजीले तीनवटा मोटरसाइकल र एउटा नयाँ स्कुटर सार्वजनिक गरी चारवटा उत्पादनको बिक्री सुरु गरेको छ । जसमा हिरो मोटोकर्पले नेपालमा सीजीमार्फत एक्सपल्स २०० ४भी, सुपर स्पिलेन्डर, स्पिलेन्डर प्लस गरी तीन मोटरसाइकल र जुम ११० स्कुटर छ । एक्सपल्स २०० ४भीको मूल्य चार लाख ५० हजार रुपैयाँ छ । सुपर स्पिलेन्डरको मूल्य दुई लाख ४० हजार रुपैयाँ रहेको छ । स्पिलेन्डर प्लसको मूल्य दुई लाख ६ हजार ९०० छ ।

हिरोले नेपालमा नयाँ भित्र्याएको स्कुटर जुम ११० को मूल्य दुई लाख ५९ हजार ९०० रुपैयाँ रहेको छ । यसै स्कुटरको सुरुवाती भेरियन्टको मूल्य दुई लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ । कम्पनीले यी चारवटै उत्पादन नेपालमै एसेम्बल हुने बताएको छ । नवलपरासीको सीजी इन्डस्ट्रियल पार्कमा अवस्थित अत्याधुनिक एसेम्बली फ्यासिलिटीमा स्थानीयरूपमै एसेम्बल गर्न लागिएको हो । प्लान्टको क्षमता प्रतिवर्ष ७५ हजार युनिट हुने र यसले नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरू सिर्जना गर्ने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *