फिल्म ‘एक्टर’को शुभसाइत, प्रदीप, आना र दिव्या एकैठाउँमा

काठमाडौँ । फिल्म ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ ।

आज (मंगलबार) बिहान ललितपुरको भैसेपाटीस्थित कार्यविनायक मन्दिरमा हवन यज्ञ गर्दै फिल्मको मुहूर्त गरिएको थियो । फिल्मको शुभमुहुर्तमा मुख्य कलाकारहरु प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, दिव्यदेव, सुशील सिटौला लगायत उपस्थित थिए । राजन भुसालको निर्देशनमा निर्माण हुन लागेको फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव पाण्डे, सुशील सिटौलालगायत कलाकारहरूको अभिनय रहनेछ । अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याले यस फिल्मबाट डेभ्यु गर्दैछिन् । यही बैशाख अन्तिमबाट छायांकन सुरु हुन लागेको फिल्ममा राजबल्लभ कोइरालाले पनि करिब दश वर्षपछि कमब्याक गर्न लागेका छन् ।

फिल्मका निर्माता थमन कुमार भण्डारी हुन् । वैशाख ३० गतेदेखि छायांकनमा जाने तयारीमा रहेको फिल्म लक्ष्मी पूजाको अवसर पारेर कात्तिक १५ गते प्रदर्शनमा ल्याइने निर्माण टिमले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *