हिमालयन हाइड्रो एक्स्पो सम्पन्न

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आजबाट सकिएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबारबाट सुरु भएको एक्स्पोमा ७४ वटा स्टल रहेको थियो । पहिलो दिन विद्युतीय सवारी साधनको र्‍याली निकालिएको थियो । जसमा ३०० भन्दा बढी विद्युतीय सवारीसाधन सहभागी थिए । उक्त एक्स्पोमा हाइड्रोमा प्रयोग हुने सम्पूर्ण सामग्रीहरू प्रदर्शनीमा राखिएको थियो ।

साथै हाइड्रोसम्बन्धी जानकारी दिन दर्जनबढी देशबाट सहभागिता रहेको एक्स्पो व्यवस्थापक इभिन्ट सोलुसनका प्रबन्धक विजयरागर प्रधानले जानकारी दिए । यस्तै, एक्स्पोमा काठमाडौं युनिर्भसिटीलगायत विभिन्न कलेजले बनाएको टेक्नोलोजी पनि डिस्प्ले गरिएको थियो । जसमा व्यवसायी विद्यार्थीदेखि सर्वसाधारणहरूले समेत यसको प्रत्यक्ष लाभ लिएको प्रधानको भनाइ छ । यस्तै, एक्स्पोमा सातवटा सेसनमा विभिन्न विषयमा छलफल भएको थियो । जसमा हाइड्रोको टेक्नोलोजी, यस क्षेत्रमा देखिएको फाइनान्सिङ समस्या, इन्स्सोरेन्स, ग्रीन हाइड्रोजन जस्ता विषयमा छलफल भएको थियो । एक्स्पो राष्ट्रपति रामचन्द्र पौडेलले भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *