यामाहाद्वारा महाएक्सचेन्ज मेला २०८१ को घोषणा

काठमाण्डौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू राइड्सले सबैभन्दा ठूलो एक्सचेन्ज इभेन्ट यामाहा महाएक्सचेन्ज मेला २०८१ु को सुरूवात भएको घोषणा गरेको छ। कार्यक्रमको औपचारिक शुभारम्भ आइतबार काठमाडौंको भृकुटीमण्डपमा भएको छ । एक हप्तासम्म जारी रहने मेलाले मोटरसाइकल उत्साहीहरूका लागि मोटरसाइकल एक्सचेन्जको अनुपम अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । एमएडब्लू इन्टरप्राइजेज्का प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले फेरि पनि यामाहा महाएक्सचेन्ज मेलाको आयोजना गर्न पाउँदा हामी हर्षित भएको बतए । उनले मेलाले मोटरसाइकल उत्साहीहरूलाई आश्चर्यजनक मूल्यमा आफ्नो सवारी अपग्रेड गर्ने अविश्वसनीय अवसर प्रदान गर्ने दाबी गरे । मेलामा सहभागीहरूले आफ्नो ब्राण्ड न्यु यामाहा बाइकको खरिदमा एक लाख रूपैयाँसम्मको ग्यारेन्टी नगद छुट प्राप्त गर्न सक्ने छन् । साथै, एमएडब्लू राइड्सले जुनसुकै ब्राण्ड्सका पुराना मोटरसाइकलहरूको ट्रेड इनको लागि अधिकतम मूल्य सुनिश्चित गर्दै एक लाख रुपैयाँसम्मको अतिरिक्त मूल्याङ्कन पनि प्रदान गर्नेछ।

यो सुविधाजनक एक्सचेन्ज प्रोग्रामले तपाईलाई आफ्नो जुनसुकै ब्राण्डको पुरानो बाइक वा स्कुटरलाई ब्रान्ड न्यु यामाहासँग विनिमय गर्ने सुविधा प्रदान गर्नेछ। यामाहा महाएक्सचेन्ज मेलाका आकर्षणका रूपमा सहभागीहरूले निःशुल्क बाइक हेल्थ कार्डबाट आफ्नो नयाँ सवारी राम्रो अवस्थामा रहेको सुनिश्चित गर्नका लागि निःशुल्क बाइक चेक अप र स्पार्कलिंग क्लिन स्टार्टको लागि वाश गर्ने सुविधा लिन सक्ने छन् । यस कार्यक्रमले स्टाइलिश अपग्रेडको साथमा सुरक्षा बढाउन डुअर प्राइजका रूपमा स्मार्ट हेल्मेट जित्ने अवसर पनि प्रदान गर्नेछ। थप रोमाञ्चकताका लागि मेलामा निस्शुल्क खेल र उपहारहरू, टेस्ट राइड र विन अफरहरू रहने छन् भने निःशुल्क एसेसरिज प्राप्त गर्नाले आगन्तुकहरूको समग्र अनुभवलाई थप बढाउने कम्पनीको भनाई छ । कम्पनीका अनुसार यामाहा महाएक्सचेन्ज मेला मोटरसाइकलमा पाइने अफर र सेवाहरूभन्दा पनि अझै बढि मनोरन्जनले भरिपुर्ण रहनेछ जहाँ प्रख्यात नेपाली गायक गायिकनहरूको प्रत्यक्ष प्रस्तुतीहरूले वातावरणलाई थप जीवन्त बनाउने छ । मेलामा बैशाख २४ मा शिव परियार, २६ मा महेश काफ्ले र २९ गते मिलन नेवार गायन प्रस्तुत गर्ने तालिका रहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *