निजी क्षेत्रलाई समाज र राज्यले हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन गर्न आवश्यक ः वरिष्ठ उपाध्यक्ष ढकाल


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई समाज र राज्यले हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । महासंघ बागमती प्रदेशको छैटौं प्रदेश सभामा उनले भने, ‘निजी क्षेत्रलाई सम्मानित बनाउने गरी र निजी क्षेत्रको खस्किएको साखलाई पुनःस्थापित गर्ने गरी काम गर्नुपर्नेछ । त्यसका लागि जिल्ला, नगर, प्रदेश र केन्द्रको नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

सस्तो लोकप्रियता र भीडमा तालीका लागि मात्र गैरजिम्मेबार ढंगले विषयवस्तु नउठाउन उनले सबैलाई आग्रह गरे । कोरोना भाइसरका कारण मुलुकको आर्थिक अवस्था बिग्रिएको बताउँदै उनले कोरोना भाइरसका कारण वैदेशिक रोजगारमा जाने क्रम घट्दा र नेपाल फर्किएका कामदार तत्काल विदेश जान नपाउँदा रेमिट्यान्सको आप्रवाहमा कमी आएको बताए । त्यस्तै, बाह्य पर्यटकको संख्या घट्दा र बैंकमा लगानी योग्य रकमको अभाव हुँदा धेरै उद्योग व्यवसाय खुम्चिन पुगेको ढकालको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *