बैंकको ब्याजदर घटाउन व्यवसायीहरुको माइतीघरमा धर्ना


काठमाडौं। निजी क्षेत्रका विभिन्न संघसंस्थाले बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउन माग गर्दै आन्दोलन सुरु गरेका छन्। आइतबार राजधानीको माइतीघर मण्डलामा देशभरका ४७ संघ संगठनहरुले सरकार तथा राष्ट्र बैंक र बैंक वित्तीय संस्थाको ध्यानाकर्षण गराउँदै शान्तीपुर्ण बिरोध प्रदर्शन गरेका हुन् । बैंक वित्तीय संस्थाको व्याजदर तथा बैंक वित्तीय संस्थाले आफुखुसी निर्धारण गर्ने प्रिमियम दरका कारण उद्योग धरासायी भएको भन्दै बैंक वित्तीय समस्या संघर्ष समिति नेपाल गठन गरी उनीहरुले बिरोध सुरु गरेका हुन् । यस अघि पनि नेपाल राष्ट्र बैंक लक्षित बिरोध गर्दा समस्या समाधान नभएको भन्दै उनीहरुले एकजुट भएर समस्या समाधानका लागि पहल गर्न ध्यानाकर्षण गराउँदै बिरोध सुरु गरिएको बताएका छन् । कर्जामा अस्वाभाविक ब्याज वृद्धि, पुनर्कर्जाको आकस्मिक फिर्ता माग, बैंक तथा वित्तीय संस्थाको कार्टेलिङबाट प्रिमियम दरमा मनपरी थप, अव्यवहारिक चालु पुँजी कर्जाको निर्देशिका लगायतका समस्या सरकारले नहेरेको आरोप व्यवसायीको छ। माइतीघर मण्डलामा प्रदर्शनका क्रममा उद्योगी व्यवसायीले कालो पृष्ठभूमीको प्लेकार्डमा चर्को व्याजदर नियन्त्रण गर्नुपर्ने, प्रिमियम दर वृद्धि नियन्त्रण गर्नुपर्ने, चालु पुँजी कर्जा मार्गदर्शन खारेज गर्नुपर्ने लगायतका नारा सहित प्रदर्शन गरेका थिए ।
के छ त व्यवसायीहरुको माग
एकल अंकको ब्याजदर कायम हुनुपर्ने। उद्योग र व्यापारमा २ प्रतिशत फरक हुनुपर्ने।
आधार दरमा प्रिमियम बढीमा २ प्रतिशत मात्र थप हुनुपर्ने।
चालु पुँजी निर्देशिका खारेज गरि व्यवहारिक बनाइनुपर्ने।
विभिन्न वित्तीय सेवा शुल्कहरु कम गरी सर्वसाधारणलाई सेवा ५० प्रतिशत निःशुल्क गर्नुपर्ने।
हालको असहज अवस्थाका कारण कर्जाहरुको पुनःसंरचना र पुनःतालिकीकरण गर्न पाउने पर्ने ।
संस्थागत व्याजदर बचत ब्याजसम्म कायम हुनुपर्ने ।
स्प्रेड दर बढीमा २ प्रतिशत र आधार दर बेस रेट गणना तरिका सार्वजनिक गरिनुपर्ने।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *