जन्मदिनमा छोरीलाई आमाको सूर्यज्योतिको बीमा उपहार


काठमाडौंकी हिरादेवी खड्काले छोरी सुवाश्ना कोइरालाको जन्मदिनमा सूर्यज्योति सुनौलो भविष्य बाल जीवन बीमा योजना उपहारमा दिएकी हुन् । उक्त बीमा योजना कम्पनीको सातदोबाटो शाखाबाट जारी गरिएको हो । बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गर्ने र सो पश्चात पाउने रकम छोरीको उच्च शिक्षामा सहयोग हुने भएकाले दोहोरो सुरक्षाको महसुस गरेको आमा हिरादेवी खड्काले बताइन् । सूर्यज्योति सुनौलो भविष्य बाल जीवन बीमा योजना अन्तर्गत बच्चा र प्रस्तावक दुवैको जोखिम बहन हुनुका साथै बीमा अवधि समाप्तिमा बीमाङ्क रकम र बोनस भुक्तानीको सुविधा र १८ घातक रोगविरुद्धको आर्थिक सुरक्षाका लाभ रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *