पाल्पाको रामपुर नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

काठमाडौँ । पाल्पाको रामपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा नेपाली कांग्रेसका रमणबहादुर थापा निर्वाचित भएका छन् । थापाले १० हजार ४५६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका शिव अर्याल ले १० हजार ८३ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र ढकालले १६८ मत प्राप्त गरेका हुन् ।

नगर उपप्रमुखमा कांग्रेसका बालकुमारी थापाले १० हजार ३०७ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी एमालेका दुर्गादेवी रानाले १० हजार २५०, राष्ट्रिय प्रजातन्त्र पार्टीका गायत्री न्यौपानेले १५७ मत प्राप्त गरेका छन् ।रामपुर नगरपालिकाका दश वडामध्ये १, २, ४, ५, ६, ७ र ९ मा कांग्रेस र ३, ८ र १० मा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *