एक करोड बढीमा निर्मित भजन भवन प्रयोगविहीन

काठमाडौँ । भक्तपुरको एउटा ऐतिहासिक भजन घर पुनर्निर्माण सम्पन्न भए पनि प्रयोगमा आउन सकेको छैन । भक्तपुर नगरपालिका(४ नासमनामास्थित ऐतिहासिक श्यामसुन्दर राश भजन भवन प्रयोगविहीन अवस्थामा छ । पुनर्निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि अन्तिम चरणका केही काम हुन नसक्दा लामो समयसम्म भजन घर प्रयोगविहीन बन्न पुगेको हो । भजन घर एक करोड २५ लाखमा निर्माण सम्पन्न भएको थियो । भजन घर पुनर्निर्माण सके पनि प्रयोगमा ल्याउन सामान्य काम नसकिंदा प्रयोगविहीन बनेको हो । भजन घर प्रयोगमा ल्याउन रंगरोगन, विद्युत, पानी आदिको व्यवस्था नहुँंदा भजन घर प्रयोगिविहीन बनेको हो ।

यी कामका लागि तीन लाख रुपैयाँंको लागत इष्टिमेट थियो । तर त्यो तीन लाख रुपैयाँं अहिलेसम्म सरोकारवाला निकायबाट प्राप्त भएको छैन । उक्र रकम अड्किंदा भजन घर निर्माण सम्पन्न भएको धेरै वर्ष भए पनि प्रयोगविहीन बनेको हो । भजन घरसँंगै घर भएका स्थानीय डा। इन्दुल केसी हाती छिर्यो, पुच्छर अड्क्यो जस्तो अवस्था अहिले भजन घरमा भइरहेको बताउँंछन् । पुरातत्व विभागले पुनर्निर्माणका लागि एक करोडभन्दा बढी पैसा दिएको तर सामान्य रंगरोगनलगायतका काम गर्न तीन लाख रुपैयाँं निकासा नहुँंदा भवन प्रयोग गर्न नमिलिरहेको उनले सुनाए ।

केसीका अनुसार स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले पुरातत्व विभागलाई रकम पठाउन पटकपटक ताकेता गरिरहेको छ । तर विभाग वा केन्द्र सरकारले चासो नदेखाउँंदा अहिलेसम्म पनि रकम निकासा हुन सकेको छैन । यही कारण भवन प्रयोगमा समस्या देखिएको हो । २०७२ को महाभूकम्पबाट भजन घरमा क्षति पुगेको थियो । पछि यो भजन घर बस्न नमिल्ने अयोग्यमा परेको थियो । यसपछि भजन घरको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले ठेक्कामा पुनर्निर्माण गर्न लगाएको थियो ।

१९९४ सालमा स्थापित यो भक्तपुरकै पुरानो भजन घर रहेको बताइन्छ । यो श्यासुन्दर रास भजन मण्डल र श्री बुलाँंखु गणेश ढल्चा भजन दुईवटाको संयुक्त स्वामित्वमा रहेको छ । भजन घरको भुइँतल्लामा दुईवटा पसल कवल भाडामा दिइएको छ । भाडावालले भाडा नतिर्दा भजन घरसँंग बजेट नभएको हो । भजन घरको माथिल्लो तल्ला मात्रै सञ्चालनमा ल्याउन समस्या परेको छ । भजन घर भक्तपुर नगरको मुख्य बजारको बाटो नासमनामा रहेको छ । भजन घर चार तल्लाको छ । ढलान नगरी परम्परागत रूपमै भजन घर पुनर्निर्माण गरिएको छ । इँटा माटो जोडाइबाटै भजन घर बनाइएको हो । अगाडिको मोहडा पनि परम्परागत रूपमै छ । माथि छानामा काठ राखेर झिंगटी छाइएको छ ।

भनज घरभित्र श्यासुन्दर रारा रुक्मिनीको आकर्षक मूर्ति पनि स्थापित भइसकेको छ । भजन घर पुनर्निर्माणका लागि नक्सा पास र डिजाइन भक्तपुर नगरपालिकाले निःशुल्क रूपमा गरिदिएको थियो । पुरातत्व विभागले दिएको बजेटबाट भजन घरको पुनर्निर्माण सम्पन्न भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *