विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

काठमाडौं । इलाम, ललितपुर र झापामा चार जना मृत अवस्थामा फेला परेका छन् । ईलामको माङसेबुङ गाउँपालिका–४ धनलुवा गाउँ बस्ने २४ वर्षीय अबिशेक राई सोही ठाउँस्थित धनलुवाखोलामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

फुपुको घरबाट आफ्नो घर फर्कने क्रममा मंगलबार राति अबेरसम्म घर नपुगेपछि खोजी गर्ने क्रममा उक्त खोलामा उनको शव फेला परेको हो । ललितपुरको ललितपुर महानगरपालिका–२७ चापागाउँ ओखाटस्थित घरको ट्वाइलेटमा हाल पहिचान नखुलेका करिब ५२ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

झापाको शिवसताक्षी नगरपालिका–६ स्थित बनियानी खोलामा हाल पहिचान नखुलेका करिब ५५ वर्षीय पुरुषको सडिगलेको अवस्थामा बुधबार शव फेला परेको छ । यसैगरी झापाको हल्दिबारी गाउँपालिका–१ स्थित खेतमा सालनाल सहितको नवजात शिशु (छोरा) को शव बुधबार फेला परेको छ ।

घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *