नर्भिकले भित्र्यायोे अल्माको लेजर मेशिन


काठमाडौंँ । नर्भिक इन्टरनेशनल हस्पिटलले नेपालमै पहिलोपटक विश्वविख्यात अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मेशिन (लेजर मेशिन) भित्र्याएको छ । सोमबार अस्पतालको स्किन केयर सेन्टरमा आयोजित एक समारोहकाबीच इजरायलमा अवस्थित अल्माबाट उत्पादित अत्याधुनिक डर्मा क्लियर लेजर मेशिनको अनावरण गरियो । सप्लायर्स कम्पनीको तर्फबाट रामशरण मल्ल, नर्भिक इन्टरनेशनल हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र अस्पतालकी छाला रोग विशेषज्ञ डा. सिरपा बज्राचार्यले संयुक्त रुपमा अत्याधुनिक लेजर मेशिनको अनावरण गरेका थिए । सप्लायर्स रामशरण मल्लका अनुसार अत्याधुनिक अल्माको डर्मा क्लियर मशिन भित्र्याउने नर्भिक नेपालकै पहिलो अस्पताल हो ।

यो एउटै मेशिनको मद्दतले तीनवटा विशिष्ट उपचारको काम गर्न सकिन्छ । यो मेशिनको मद्दतबाट छालालाई भित्रदेखि सफा गर्ने, मोस्चराइजिङ र नरम बनाउने तथा छालाका मृत कोशिकाहरुलाई राम्रोसँग बाहिर निकाल्ने काम गर्न सकिन्छ । यस्तै, यसको ह्यान्ड पिस टिप ३६० डिग्रीमा रोटेड गर्न मिल्छ । मल्लका अनुसार मेशिनमा जडित पावर सक्सनका कारण छालाको भित्रैसम्म गाडिएर बसेको फोहोर राम्रोसँग बाहिर निस्किन्छ । अल्मा लेजरको आफ्नै प्रि ट्रिटमेन्ट सोल्युसन पनि रहेको छ, जसले स्कीनलाई नरम, मुलायम र हाइड्रेट गराउँछ । यो फेसियल स्कीनका लागि अहिलेसम्मकै उत्कृष्ट र सबै विशेषता एउटैमा सुसज्जित भएको मेशिन हो । डर्मा क्लियर मेशिन उच्च गुणस्तर, जोखिममुक्त र पूर्ण छाला हेरचाह तथा उपचारका लागि विश्वमा बढ्दो माग पूरा गर्ने उद्देश्यले डिजाइन गरिएको मेशिन हो ।

डर्मा क्लियरबाट हुने हाइड्रोडर्माब्रेसन(विशेष ट्रिटमेन्ट विधि) यी सबै समस्याको उपचार तथा समाधानको उपाय रहेको कम्पनीको दाबी छ । लेजर मेशिनको अनावरणपछि कुरा गर्दै नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले अत्याधुनिक मेशिन पहिलोपटक नेपाल भित्र्याएर छालाकै अत्याधुनिक उपचार समेत नेपालमै सम्भव हुने अवस्था बनेको बताए । अब छालाको कुनै पनि समस्या आउँदा स्तरीय उपचारका लागि विदेशिनुपर्ने बाध्यता हटेको छ । नर्भिकले सञ्चालनमा ल्याएको स्किन केयर सेन्टरमा विश्वविख्यात अत्याधुनिक उपचार विधिहरूबाट छालाको उपचार गरिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *