विश्वमा अशान्ति फैलाउन हुन्न


काठमाडौँ । नेपाल मजदुर किसान पार्टीले एसिया महादेश र विश्वमा अशान्ति फैलाउन नहुने बताएको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले पछिल्लो समयका घटनाक्रमले विश्व अशान्त भन्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

अध्यक्ष बिजुक्छेद्वारा आज जारी प्रेस विज्ञप्तिमा ताइवानका विषयलाई लिएर भएको तनाब अन्त्य हुनुपर्नेमा जोड दिइएको छ । उनले विश्व शान्ति खल्बल्याउने कार्य बन्द गर्न माग गरेका छन् । चीन, चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व तथा चिनियाँ जनताको उद्देश्यप्रति नेमकिपा ऐक्यबद्धता रहेको उल्लेख गर्दै आफू नेतृत्वको पार्टीले सधैँ साम्राज्यवाद र अन्यायपूर्ण युद्धको विरोध गर्ने स्पष्ट पारेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *