अर्थमन्त्री शर्माको प्रेस विज्ञमा मनऋषि धिताल 

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको प्रेस विज्ञमा मनऋषि धिताल नियुक्त भएका छन् । जनादेश सप्ताहिकका पूर्वसम्पादक धिताललाई अर्थमन्त्री शर्माले आफ्नो प्रेस विज्ञको रूपमा धिताललाई नियुक्त गरेका हुन् ।  पहिलाेचाेटि अर्थमन्त्री हुँदा शर्माकाे प्रेस अजित अधिकारीले हेर्दै आएका थिए । 

धिताल लामाे समयदेखि अस्ट्रेलियामा बस्दै आएका थिए । माओवादीकालमा डा. बाबुराम भट्टराईनिकट रहेका धिताल भट्टराईले पार्टी छाडेर हिँडे पनि उनी कतै गएनन् । जुम्लाका धिताल अस्ट्रेलियामा बसे पनि पत्रकारितामै क्रियाशील थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *