सबैको साथ भयो भने काठमाडौ क्षेत्र नं. २ बाट संसदिय चुनाव जित्छु : कुन्तीदेवी पोखरेल


काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं. ९ पुरानो बानेश्वर , स्वछन्द पार्टी प्यालेस स्थित शनिवार भएको राष्ट्रिय प्रजातान्त्रिक पार्टीको (राप्रपा) बृहत संगठन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै कार्यक्रम आयोजक तथा राप्रपा पार्टीको केन्द्रिय सदस्य कुन्तीदेवी पोखरेलले आफु संसदिय चुनाव उठेने घोषणा गरेकी छन । राष्ट्रवादी शक्ति बलियो बनाउन र जनताको सेवा गर्न चुनाव उठन लागेको उनले बताईन ।

कार्यक्रममा उपस्थित राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देल , पुर्व अध्यक्ष पशुपति शम्सेर जबरा, पुर्व अध्यक्ष डा. प्रकाश चन्द्र लोहनी र कामपाका नवनिर्वाचित राप्रपाका वडा अध्यक्ष कर्णे ध्वजको उपस्थिति रहेको थियो । पोखरेले प्रचण्ड दिल्ली गएर नागरिकता विधेक पास गरेकोमा उनले यस्को बिरोध गरेकी छन । यस्तै हो भने तिन करोड नेपाली छ करोड हुन कति पनि समय नलाग्ने र केहि समय पछि हाम्रो कार्यकारी पदमा पनि भारतीय नगरिकको प्रवेश हुनसक्ने र केहि समयपछि नेपाल देशको पनि अस्तित्व नरहने विषय प्रति आपत्ति जनाएकि छन् । “त्यसैले म अगाडि बढेको छु, तपाइहरुको साथ सहयोग चाहिन्छ, तपाईहरुको सामु म काठमाडौ क्षेत्र नं २ बाट संसदीय चुनाब लडदै छु, पार्टीको आशीर्वाद र पार्टीको एउटा बिधिबाट म उम्मेदवारका रुपमा छानिय भने बहुमतका साथ क्षेत्र नम्बर दुईमा म जित्छु” कुन्तीदेवी पोख्रेल भनिन् ।

हामो एजेन्डा राजा चाहिन्छ भन्ने विषयलाइ प्रचार प्रसार गरिदिएको भन्दै नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई धन्यवाद व्यक्त गरेकी थिईन पोखरेले । सबै नेतालाइ राप्रपाको एजेन्डा मन परेको उनको भनाइ छ । यस्तै पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाइ राप्रपासँग गठबंधन गरेर दुई पार्टी मिलेर देश जोगाउन सहकार्य गरेर चुनाब लडन आग्रह गरेकि छन् ।

“जित पक्का छ भनेर मात्र हुदैन , घर घरमा एजेन्डा स्थापित गर्न जानुपर्छ , जनतालाई एजेन्डा बुझाउनु सक्नुपर्छ, एक भयर लाग्नु पर्छ” उनले भनिन् । महाधिवेशनमा नम्बर वान भोट ल्याएर जितेको नाताले म क्षेत्र नम्बर २ मा संसदिय चुनाव उठन पाउ भनेर पार्टीलाइ पनि अनुरोध गरेकि छिन् ।

“काठमाडौको क्षेत्र नं २ भनेको राप्रपाको पकड भएको क्षेत्र हो, राप्रपाले संसदिय चुनाब जित्छ जित्छ , कुन्ति पोखरेल आउछ आउछ” भन्दै आफुले जित्ने आधार प्रस्तुत गरिन । वडा, प्रदेश, क्षेत्र सबै ठाँउबाट सर्बसम्बत रुपमा सबैको सहमति भएर आयो भने म चुनाब जित्छु पोखरेलले भनिन् । यस्का साथै एता उता केही नगरि सबै साथीहरुलाइ आफुलाई साथ् सहयोग गर्न अनुरोध गरेकि छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *