नाडा इभी एक्स्पोमा सबैभन्दा टाटाको नेक्सन बुकिङ


काठमाडौं । नेपालमै पहिलोपटक भएको विद्युतिय सवारी एक्स्पो ‘नाडा इभी एकस्पो’ मा सबैभन्दा बढी टाटाको नेक्सन इभी बुकिङ भएको छ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजना काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको उक्त एक्स्पोमा १३० वटा टाटाको नेक्सन इभी बुकिङ भएको हो । एक्स्पोमा हुन्डाईको कोना ५६ वटा, बिवाइडीको ई–६ ५० वटा, डुहानको ३० वटा, हुन्डाईकै आयोनिक–५ मोडल ३ वटा र दी गोको १० वटा पिकअप बुकिङ भएको छ । यस्तै, दुई पाँग्रे सवारी साधनमा सेग्वेको ५० वटा, हिरो इलेक्ट्रिकको ४० वटा, एनआइयुको २८ वटा, पेयोर स्कुटरको १२ वटा, टेल्जीको ८ वटा, रेमोटोर्स स्कुटरको ७ वटा र ब्लु शार्कको ३ वटा बुकिङ भएको छ ।
सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयातमा प्रतिबन्ध लगाएपछि नाडाले विद्युतीय गाडीको प्रदर्शनीको गरेको हो । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुब थापाले अपेक्षा गरेको भन्दा धेरै अवलोकनकर्ताहरु अवलोकन गर्न आएको बताए । उनले विद्युतीय सवारी साधनप्रति सर्वसाधारणको चासोले आफुहरु खुसी भएको बताए । उनले सवारी साधनको खरिद बिक्री र बुकिङ पनि सोचेभन्दा बढी भएको बताए । ‘सबैले विद्युतीय गाडीलाई बुझ्न चाहिरहनु भएको छ, खरिद पनि गरिरहनु भएको छ भने बुकिङ पनि भइरहेको छ, अहिले सप्लाई दिन नसक्ने अवस्था छ, सप्लाई दिन नसकेकाहरुले बुकिङ गरिरहनु भएको छ, अहिले बुकिङ गरेर उनीहरुले केही दिनपछि सप्लाई गर्नु हुन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *