महालक्ष्मी विकासको लकर सुविधामा आकर्षक योजना


काठमाडौं । महालक्ष्मी विकास बैंकले बिशेष महा बचत खाता खोल्ने ग्राहकहरुको लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कार्तिक र मंसिर महिनामा महा बचत खाता खोल्ने ग्राहकहरुले लकर सेवाको बार्षिक शुल्क प्रथम वर्षमा शत प्रतिशत छुट प्रप्त गर्न सक्नेछन् । बैंकका दरबारमार्ग, पुतलिसडक, न्यूरोड काठमाडौं, भैरहवा र न्यूरोड कास्की शाखा कार्यालयहरुमा लकरको सुविधा रहेको छ । हाल उपलब्ध लकर संख्या सिमित रहेकाले ग्राहकको खाता खोलिएको क्रम र ग्राहकको आवश्यकता अनुसार लकर सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ ।
यस योजना अन्तर्गत खोलिने महा बचत खातामा लकर सुविधामा आकर्षक छुटका साथसाथै बचत खाताहरु मध्येकै सबैभन्दा उच्चतम १० प्रतिशत व्याजदर, निःशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङ लगायतका अन्य सुविधाहरु रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *