शंखरापुर ३ मा कुन्ती पोख्रेलले गरिन् भव्यरुपमा मतदाता भेटघाट कार्यक्रम

काठमाडौं । काठमाण्डौ क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यपदको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुुनावी मैदानमा उत्रिएकी कुन्ती देवी पोख्रेलले वडा नं ३ स्थित जर्सीङ पौवा, कात्तिकेमा मतदातासँग भेटघाट गरेकी छिन् । भेटघाटका क्रममा यहाँका मतादाताले गरेका भव्य स्वागतले यो पटक नेपाली समाजको अपेक्षा अनुसार परिवर्तका लागि बाटो खोलेको बताएकी छिन् । उनले भनिन्, ‘चुनावमा तपाईंहरुले जिताउनुस् हामी तपाईंहरुका समस्या समाधानगर्ने छौं । यो क्षेत्र राप्रपाको पकड क्षेत्र भएको र यो क्षेत्र जित सुुनिश्चताका लागि महत्वपूर्ण रहेको मानेकी छु ।’

उनले अहिले मानिसहरुले परिवर्तन चाहेका छन्, उक्त परिर्वतनको लागिआफू सधैं कठिवद्ध रहेको बताइन् । यो क्षेत्रलाई लावण्ड्य देश पनिभनी स्कन्द पुराणमा उल्लेख गरिएको र आफू यो पवित्र भूमिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गराएर धार्मिक पर्यटनमा विकास गर्न विभिन्न पूर्वाधार बनाउने गरी लागिपरेको उल्लेख गरिन् । उनले भने जस्तै यहाँ शाँखु लगायतका क्षेत्रमा रहेको धार्मिक विशेषतालाई प्रस्तुत गरिएको छ ।

शाँखुलाई स्कन्द पुराणले ‘लावण्ड्य देश’ पनि भनेको छ । शाँखुको निर्माण विदुषीबज्र योगिनीले गरेको विश्वास छ । जुन कुरा नेवारी मनिशैल महावदान (बज्रयोगिनीको उत्पत्तिको इतिहास)मा उल्लेख छ । मनिशैल महावदानमा भनिएको छ, ‘शंखरापुर बन्नुभन्दा अलिमाथि बज्रयोगिनी विदुषी बस्ने ठाउँमा एक मान सपुत्र जन्मिए । बज्रयोगिनीले राजालाई दिने सबै कुरा दिँदै आइन् र राज्य समृद्ध र मजबुत बनाउने काम पनि भयो ।’ त्यहीं समयमा बनेको राजकुलो अहिलेसम्म पनि स्थापित छ । पृथ्वीनारायण शाहको समयमा कुलो हेर्नेलाई पनेरू भनिन्थ्यो ।

शाँखुमा अहिले पनि कुलो हेर्ने कुलैया छन् । पानी पहिले हरेक घरको सामुन्ने पुग्थ्यो । २०७२ सालको महा भूकम्पपछि भने धेरै ठाउँमा त्यो परापूर्वकालीनकुलो बिग्रिएको छ । यी र यस्ता महत्वबोकेको शाँखुमा आठको संयोग पनि गज्जबको छ । यहाँ आठवटा टोल, आठवटा बाटो, आठवटा कुलो, आठवटा डबली, आठवटा विहार, अष्टभैरव र अष्टविनायक छन् । बज्रयोगिनीका आठ बहिनी थिए । उनीहरूलाई चारैतिर राखेकाले सबै आठ बनाइएको विश्वास छ । यस क्षेत्रमा तामाङ, नेवार, बाहुन, क्षेत्री, गुरुङ लगायतका जातजाती बसोवास छ । यस धार्मिक नगरमा बज्रयोगिनी जात्रा, शालीनदी मेला, मणिचुड मेला, माधवनारायण श्रीस्वस्थानीब्रत, दशैं जात्रा, इनयणी जात्रा तथा अन्य मेला जात्रा प्रमुख संस्कृतिको रुपमा मानिन्छ । नगरपालिका भित्र प्रमुख चाडपर्वका रुपमा दशैं, तिहार, माघे सक्रान्त्री, चैते दशैं, साउने सक्रान्त्री, जनैपूर्णिमा, हरितालिका, कृष्ण जन्माष्टमी, गाईजात्रा, योमरी पूर्णिमा, ल्होसार, मेनाङ मनाउने चलन छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *