सूर्या लाइफले मार्यो नाफामा छलाङ


काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ८२.५४ प्रतिशत बढेर २० करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ३५ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १२.६९ प्रतिशत बढेर २ अर्ब ५५ करोड २ लाख रुपैयाँ, जगेडा कोष २७.१२ प्रतिशत घटेर ७१ करोड २२ लाख रुपैयाँ, जीवन बीमा कोष २९.६५ प्रतिशत बढेर १४ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ र महावित्ति कोष ११ प्रतिशत बढेर १८ करोड १४ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क १३.३० प्रतिशत बढेर १ अर्ब २६ करोड ४९ लाख रुपैयाँ रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ११ करोड ६४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । तीन महिनाको अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन १६ प्रतिशत बढेर १ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १३ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ६५ प्रतिशत बढेर ३१ करोड ८९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ३१ लख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । कम्पनीका अनुसार कम्पनीले ३३ करोड ५४ लाख कुल दाबी भुक्तानी गरेको छ । यस्तै, कम्पनीको ५३ लाख ६७ हजार दावी भुक्तानी गर्न बाँकी छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ५२ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ११.९० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय २६ रुपैयाँ २२ पैसा रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *