नवलपरासी पश्चिम–१ बाट कांग्रेसका विनोद चौधरी निर्वाचित


काठमाडौं । नवलपरासी पश्चिम–१ बाट नेपाली कांग्रेसका विनोद चौधरी निर्वाचित भएका छन् । बिहीबार राति आएको मत परिणाम अनुसार चौधरीले २९ हजार ४९५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २२ हजार ३०८ मत पाएका छन् । त्रिपाठीलाई नेकपा एमालेको साथ थियो । तेस्रो स्थानमा रहेका नेपाल स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मत पाए ।त्याहाका जनताले सहि निर्णय गरेका छन् । विकास र रोजगारका सवालमा निर्वाचित चौधरी लाग्ने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *